दफा १९
प्राधिकरणको काम र कर्तव्य
प्राधिकरणको काम र कर्तव्य देहाय बमोजिम हुनेछ ः-
(क) विद्युत आपूर्ति सम्बधी दीर्घकालीन र अल्पकालीन नीति निर्धारण गर्न नेपाल सरकारलाई सिफारिश गर्ने,
(क१) प्रचलित कानून बमोजिम विद्युत उत्पादन, प्रसारण वा वितरण गरी विद्युत आपूर्ति गर्ने ।
(ख) विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली तथा तत्सम्बन्धी अन्य कार्यको योजना तर्जुमा गर्ने र तर्जुमा भएको योजनाको कार्यान्वयन गर्न आवश्यक विद्युत उत्पादन केन्द्र, रुपान्तर केन्द्र (सवस्टेशन), वितरण केन्द्र, प्रसारण र वितरण लाईन तथा तत्सम्बन्धी सुविधाहरुको निर्माण, सञ्चालन, संरक्षण र सम्बद्र्धन गर्ने,
(ग) औद्योगिक तथा कृषि विकास तथा जनताको सुविधाको लागि आर्थिक दृष्टिले उपयुत्तः क्षेत्रमा उपयुक्त स्तरको विद्युत उत्पादन, प्रसारण र वितरणको व्यवस्था गर्ने,
(घ) विद्युत महसुल बाहेक ग्राहकबाट मिटर जडान, मिटर ठाउँसारी, नामसारी, क्षमता वृद्धि लगायतका सेवा शुल्क निर्धारण गर्ने,
(ङ) विद्युत उत्पादन, प्रसारण र वितरण सम्बन्धमा आवश्यक अनुसन्धान कार्य गर्ने गराउने,
(च) विद्युत उत्पादन, प्रसारण र वितरण सम्बन्धमा दक्ष जनशक्ति तयार गर्न उच्च तालीम तथा अध्ययनको प्रवन्ध गर्ने गराउने,
(च१) विद्युत उत्पादन, प्रसारण वा वितरण कार्यसंग सम्बन्धित प्राविधिक सल्लाह र परामर्श प्रदान गर्ने ।
(छ) प्राधिकरणको उद्देश्य पूर्तिको लागि आवश्यक अन्य कामहरु गर्ने गराउने ।